०८ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, माघ ०३, २०७७

सप्तरी – चिनियाँ राजदूत होउ यान्छीले फेरि एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छिन् । शुक्रवार साँझ उनी शितलनिवास पुगी राष्ट्रपति भण्डारीलाई भेटेकी हुन् ।

भेटमा नेकपा विभाजनको अवस्थाबारे छलफल भएको बुझिएको छ । उनले नेकपा कसरी मिलाउन सकिन्छ भनेर समेत परामर्श गरिएको बुझिएको छ ।पछिल्लो समय सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी रिटउपर संवैधानिक इजलाशमा सुनुवाई भइरहेको बेला यान्छीको सक्रियता ह्वात्तै बढेको देखिन्छ जसले चिनियाँ हस्तक्षेप ठाडै भएको भान हुन थालेको छ ।

संसद पुनःस्थापना भए नेकपा मिल्ने सम्भावना भएको निर्क्यौल निकाल्दै सोही अनुसार चिनियाँ रणनीति बनेको बुझिएको छ ।नेपाली राजनीतिमा खुल्लेआम सक्रियता देखाईरहेको चीनले कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यचौको नेतृत्वमा गत महिना टोली पठाएको थियो । उक्त टोलीले नेकपा मिलाउन पहल गरेको थियो । चीनबाट गोप्य रुपमा तीन सदस्यीय टोली सडकमार्ग हुँदै छिरेको थियो । चिनियाँ टोली नेकपा मिलाउने उपायसहित भित्री रुपमा निकै सक्रिय भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]