सप्तरी – सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमा बरहि महाबिर चाेकमा रहेकाे एक पसलबाट चाेरि भएको छ । जलपा सप्लायर्स मदिरा पसलबाट झण्डै नगद २ हजार ५ सय सहित बियर ,गाेल्डेन अाेके ,पुकार लगायतका समानहरु गरि कुल ३२ हजार मूल्य वरावरकाे चाेरि भएको पसलका सन्चालक अरुण कुमार यादवले जानकारि दिनुभयाे । यादवका अनुसार शनिबार राति चाेरले पसलकाे ताल्चा फाेडि ती समानहरु चाेरि गरेकाे जानकारि दिनुभयाे ।यता चाेरि कसले गरेकाे खुल्न नसकेपछि चाेरकाे खाेजि कार्य तिर्व रुपमा भइरहेको प्रहरीले जनाएको छ ।विगत केही समय यता सप्तरीको दक्षिणी भेगमा चाेरि र अागजनिकाे घटनामा बृद्धि भएको स्थानियबासिहरुकाे भनाइ रहेकाे छ ।