सप्तरी – कुष्णसार सिकारको मुद्दामा सलमान खानलाई १६ जनवरीमा अदालतमा पेस हुन भनिएको थियो । तर, उनका वकिलले महामारीको बहाना बनाएर सुनुवाइबाट छुट पाउन खोजे । यसपटक पनि अदालतले सलमानलाई छुट दियो । तर, अब फेब्रुअरी ६ मा अदालतमा हाजिर हुन निर्देशन दिइएको छ ।
यस सुनुवाइका न्यायाधीश देवेन्द्र कच्छवाहले सलमानलाई दोस्रोपटक छुट दिएका हुन् । यसअघि, २०२० डिसेम्बर १ मा अदालतमा पेस हुनुपर्ने थियो । तर, महामारीको बहाना बनाउँदै सलमान अदालतमा उपस्थित भएनन् ।सन् २०१८ को अप्रिलमा यो मुद्दा सेसन अदालतमा पुगेपछि सलमानले सुनुवाइमा हाजिर नभएको यो १७ औँपटक हो ।सलमानमाथि सन् १९९८ ‘हम साथ साथ हैं’को छायांकनको क्रममा कृष्णसार (ब्ल्याकबक)को सिकार गरेको आरोप लगाइएको थियो । अन्य कलाकारहरु निर्दोष साबित भइसकेको छन् । यद्यपि, सलमान खानलाई ५ वर्षको जेल सजाय सुनाउने अदालतको आदेशलाई चुनौती दिँदै सलमानले सेसन अदालतमा निवेदन पेस गरेका थिए । हुन त सलमान पनि यस मुद्दामा निर्दोष साबित भइसकेका छन् । तर, यो मुद्दा अझै साम्य भइसकेको छैन ।
यस मुद्दामा सलमानका साथै सैफ अली खान, तब्बु, नीलम र सोनाली बेन्द्रे पनि मुछिएका थिए । यद्यपि, उनीहरु ३ दिन जेल सजायपछि निर्दोष साबित भएका थिए ।