१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०४, २०७७

सप्तरी – नर्वेमा कोरोना विरुद्धको भ्याक्सिन लगाएपछि हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। नर्वेमा नयाँ वर्षको ४ दिन पहिले फाइजरको कोरोना भाइरस भ्याक्सिन लगाउन शुरु गरिएको हो।

२७ डिसेम्बर २०२० मा कोभिडको भ्याक्सिनेशन शुरु भएपछि देशभर २५ हजारभन्दा बढि मानिसहरुमा भ्याक्सिन लगाइएको छ। नर्वे सरकारका अनुसार मृत्यु भएको मानिसहरुले भ्याक्सिनको पहिलो डोज लिएका थिए । त्यसपछि उनीहरुको स्वास्थ्य अवस्था बिग्रिएको थियो।मृत्यु भएका २९ जनामध्ये १३ जनाको भ्याक्सिनबाट नै मृत्यु भएको पुष्टि भइसकेको छ । भने बाँकीको मृत्यु बारे अनुसन्धान भइरहेको बताइएको छ। मृत्यु हुने सबैको उमेर ८० वर्ष माथि रहेको पनि बताइएको ।नर्वेजियन मेडिसिन एजेन्सीका अनुसार, फाइजर र बायोएनटेकद्वारा बनाइएको कोभिड–१९ भ्याक्सिन नर्वेमा उपलब्ध एक मात्र भ्याक्सिन हो र सबै मृत्युलाई यसका साथ जोडेर हेरिरहेको छ।फाइजरको भ्याक्सिनमाथि प्रश्न उठेपछि कम्पनीले बायोएनटेक र एनआईपीएचका साथ मृत्युको जाँच गरिरहेको बताएको छ।

भारतमा कोरोना भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रियो यस्तै भारतमा पनि कोरोना भ्याक्सिन लगाएका ५२ जनाको स्वास्थ्य अवस्था बिग्रिएको छ । भने एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतमा शनिबारदेखि कोरोना भ्याक्सिन दिन शुरु गरिएको हो। पहिलो दिन स्वास्थ्यकर्मी र सफाइकर्मीलाई कोरोना भ्याक्सिन दिइएको थियो। तीमध्ये दुईजना स्वास्थ्यकर्मीलाई भने भ्याक्सिन लगाएको केही घण्टामै समस्या देखिएको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]