०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ ।कम्पनीले सभा होटल भिस्वा बीरगञ्ज, पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियामावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मूल्य रू. १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू. ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिशेयर मूल्य १०० रुपियाँलाई परिवर्तन गरी (स्प्लीट) प्रतिशेयर मूल्य ५० रुपियाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिशेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ । यसअघि कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपियाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपियाँ बनाउने प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।

यो प्रस्ताव सम्बन्धीत निकायबाट स्वीकृती पाएपछि मात्र लागू हुने कम्पनीले बताएको छ । सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ ।माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]