१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – बाँकेमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार एकजनाको होम आइसोलेसनमा र एकजनाको भेरी अस्पतालमा मृत्यु भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१० का ७० वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे होम आइसोलेसनमा र नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार बिहान ६ः१० बजे मृत्यु भएको हो ।७० वर्षीय पुरुषमा २६ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका थिए । अक्सिजन लेभल कम भएपछि उनलाई २७ पुसमा भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई पुनः होम आइसोलेसनमा बस्ने गरी २९ पुसमा डिस्चार्ज गरिएको थियो । मधुमेह, थाइरोइड, प्रेसर र मानसिक रोगको औषधि सेवन गरिरहेका उनको सोमबार राति ९ः३० बजे आफ्नै निवासमा मृत्यु भएको परिवार स्रोतले जानकारी दिएको हो ।

धम्बोजीका ४९ वर्षीय पुरुषको भेरी अस्पतालमा भर्ना भएको १० मिनेटपछि मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना परीक्षण गर्दा २८ पुसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेका कारण उनी होम आइसोलेसनमा बस्दै आएका थिए । तर सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा बिहान ६ बजे भर्ना गरिएको थियो । रोगको प्रकृति अनुसार उपचार सुरु गरिए पनि उनको बिहान ६ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]