१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

शनिबार, आश्विन १७, २०७७

सप्तरी , १७ असोज : प्रदेश १ मा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । शनिबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरै २ सय ५५ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश १ मा हाल कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार भने सुनसरीमा १२२ जनामा कोरोनाको संक्रमण देखिएको छ । त्यसैगरी मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३–३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

सामाजिक बिकास मन्त्रालयका अनुसार सुनसरीको धरानमा मात्रै ४८ महिला र ५० पुरुषगरी ९८ जनामा संक्रमण देखिएको छ । सुनसरीकै दुहवीमा ३ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको हो ।

शनिबार मोरङको विराटनगर महानगरपालिकामा ३१ महिला र ५६ पुरुष गरी ८७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश १ मा शनिबार १ हजार २ सय ९ जनाको स्वाब परीक्षण गरिएकोमा ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख २६ हजार ८ सय ९० जनाको पीसीआर परीक्षण गरिएका छन।

प्रदेश १ मा शनिबार थप २ सय ८७ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट २६३ जना, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि.जेनरल अस्पताल हरिनगरबाट ९–९ जना, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]