१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – बिरामीको मृत्यु भएपछि डाक्टरमाथि लात्ती हानेका हुन् । कुटपिट गर्ने एकजना पक्राउ परेका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । आज बिहान एकजना ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।अस्पतालले बिरामीको कोरोनाका कारण मृत्यु भएको जनाए पनि आफन्तले त्यो कुरा स्वीकार गरेनन् । आक्रोशमा आएका मृतकका आफन्तले ड्युटीमा खटिएका डाक्टरमाथि नै लात हानेको उनको भनाइ छ । बुटवलबाट रिफर भएर आएका बिरामीको इन्फ्लुएन्जा ‘एचवानएनवान’ परीक्षण गर्नलाई टेकु पठाइएको थियो । परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि बिरामीलाई कोभिड वार्डमा सारिएको थियो । उपचारको क्रममा आज मृत्यु भएपछि उनका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हानको अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दाशले जानकारी दिए ।

अहिले मृतकको शव अस्पतालमै राखिएको छ । गुल्मी घर भएका उनलाई तीन दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको थियो तर उपचारकै क्रममा उनको आज बिहान निधन भएको थियो । डाक्टरमाथि कुटपिट गर्नेलाई महाराजगञ्ज प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । कोभिड संक्रमित बिरामीको उपचारमा रातिदिन खटिएका चिकित्सामाथि कुटपिट हुँदा मनोबल नै कमजोर भएको चिकित्सकहरूको भनाइ छ । अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीले दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]