१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०६, २०७७

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले अरिंगाल र झुसिल्किराले केही गर्न नसक्ने बताएका छन् । सत्य र न्यायको पक्षमा आफूहरु रहेको भन्दै नेता नेपालले सरकारले साइबर सेना सक्रिय पारे पनि सत्य आफ्नै पक्षमा रहेको भन्दै यस्तो बताएका हुन् । मंगलबार नेकपाको प्रचण्ड–नेपाल समूह निकट पत्रकारको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।

‘अरिंगालको गोला र झुसिल्किराले केही गर्न सक्दैनन्’, नेपालले भने, ‘सत्य र न्याय हाम्रो पक्षमा छ ।’संघीयता नै संकटमा पुगेको अवस्थामा सही र गलत छुट्याउनुपर्नेमा उनले जोड दिए । उनले सत्यको पक्षमा उभिने असल नेता हुने भन्दै परिवर्तनको रक्षा साझा दायित्व भएको बताए । उनले अहिलेको आन्दोलनले सुन्दर समाजको परिकल्पना गरेको भन्दै यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक भएको बताए ।
प्रेस संगठन, नेपालको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै नेपालले असली एमाले आफू भएको दाबीसमेत गरेका छन् । उनले नेकपा बनेपछि एमाले र माओवादी कोही नरहेकोसमेत प्रष्ट पारे ।

‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अब एमाले र माओवादी कोही छैन । सबै नेकपा भैसकेको छ’, उनले भने । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘भ्रममा नपर्नुहोस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन्’, नेपालले भने, ‘उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]