०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – राजपरिवारको आलोचना गरेको आरोपमा थाईल्यान्डमा एक महिलालाई ४३ वर्षको कैद सजाय सुनाइएको छ। आन्चन भनेर चिनिने ६३ वर्षीया ती पूर्वप्रशासक महिलाले सामाजिक सञ्जालमा एउटा अडिओ पोडकास्टका क्लीपहररु शेअर गरेकी थिइन्। उनले सन् २०१४ र २०१५ को बीचमा युट्युब तथा फेसबुकमा ती क्लीपहरू शेअर गरेकी थिइन् ।

सुरुमा उनलाई ८७ वर्षको कैद सजाय सुनाइएको थियो। तर उनले दोष स्वीकारेकोले सजाय आधा घटाइएको बीबीसीले जनाएको छ ।
सन् २०१४ मा सेनाले सत्ता कब्जा गरेपछि राजतन्त्रको अपमान गरेको मुद्दा खेप्ने १४ जनाको समूहमध्ये उनी पनि पर्छिन्। उनीहरुमाथि विभिन्न २९ आरोप लगाइएको छ । राजतन्त्रको अपमान गरेको आरोपमा थाईल्यान्डमा सुनाइएको यो सबैभन्दा कडा सजाय हो।

उनीहरूविरुद्धको मुद्दा बन्द इजलासमा चलेको थियो । राष्ट्रिय सुरक्षाको कारण देखाउँदै उनीहरूविरुद्धको ‘प्रमाण’ समेत गोप्य नै राखिएको समाचारमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]