सप्तरी – सुतिरहेका बेला ट्रकले किचेर १५ जनाको मृत्यु भएको २४ घण्टा नबित्दै भारतमा फेरि अर्काे ठूलाे दुर्घटना भएकाे छ।दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने १८ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार अबेर राति पश्चिम बंगालअन्तर्गत जलपाईगुडी जिल्लाको धुपगुरी सहरमा एक टिपरले धेरैवटा गाडीलाई ठक्कर दिएको हो। बाक्लो हुस्सुका कारण चालकले बाटो नदेख्दा दुर्घटना भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ।
सोमबार राति मात्र गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक कुद्दा १५ जनाको मृत्यु भएको थियो भने ५ जना गम्भीर घाइते भएका छन्।