सप्तरी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा अोलीसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।
बुधबार बिहान आफू निकट सम्पादकहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनबारे आत्मआलोचना वा माफी नमागेसम्म एकता सम्भावना नरहेको स्पष्ट पारेका छन् । उनले अझै ५/७ वर्षसम्म एकता सम्भव नहुने बताए ।‘ओलीले प्रतिनिधिसभा विघटनप्रति आत्मआलोचना वा गल्ती स्वीकार गर्ने अवस्था देखिन्न । हुँदा हुँदा उहाँ त कुर्सी भाँच्नेतर्फ नै जानुभयो । ५/७ वर्षपछि के हुन्छ भन्न सकिन्न तर तत्कालका लागि पुनः एकता सम्भव छैन’, उनले भने ।
गत पुस ५ गते संसद विघटनपछि दुई समूहमा विभाजित भएको नेकपाले आ–आफ्ना बैठकहरु सञ्चालन गर्दै आइरहेको छ । त्यस्तै नेकपाका शीर्ष नेताहरु एकअर्कालाई खुइल्याउन केन्द्रित छन् ।