०६ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०७, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका नेता केशव झाले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधनिक संकट निम्त्याएको बताएका छन्। त्यसले गर्दा आम नागरिकमा उनले चुनाव गराउलान् र भन्ने प्रश्न उठेको बताए।

जसपा नेपालले सरकारको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै त्यसका विरुद्ध बुधबार ललितपुरको लगनखेल बसपार्कमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै झाले आफूहरुको तेस्रो चरणको कार्यक्रम अझै कडा पारिने बताए बुधबार आयोजित जसपाको विरोध कार्यक्रम दोस्रो चरणको हो। यसअघि जसपाले पुष २५, २७ , २९ र माघको ३ गते मुलुकको प्रमुख १६ स्थानमा विरोध सभाहरु आयोजना गरेको थियो। सम्बोधनमा झाले प्रधानमन्त्रीले जनताको सार्वभौम अधिकार हनन गरेर राजा बनेको भन्दै जनतासँग ढिला नगरी माफी माग्नुपर्ने बताए। ‘अहिले निर्वाचन आयोगलाई पनि हामी खबरदार गर्न चाहन्छौं। असंवैधानिक तरिकाले घोषणा भएको चुनावको तैयारीको नाममा राज्यको ढुकुटी रित्याउनतर्फ तपाईंहरु नलाग्नुस्। नभए, न्यायप्रेमी जनताले तपाईंलाई पनि बाँकी राख्दैनन्’, उनले भने, ‘यसको अर्थ हामी चुनावबाट भागेको वा डराएको अर्थ नलागोस्। अब आउने समयमा मुलुकको पहिलो पार्टी बनेर हामी आउँदै छौं।’

झाले लोकतन्त्रमा अदालतलाई सबै नागरिकले सम्मान गर्नुपर्ने भए पनि न्यायमुर्तीहरुमाथि आम जनमानसमा शंकाहरु उब्जिन थालेको बताए। ‘हाम्रो विश्वास के हो भन्ने उहाँहरुले आफ्नो मान सम्मान र प्रतिष्ठामाथि आँच आउने कुनै फैसला गर्नुहुन्न। संविधानको मर्म र भावना अनुसार नै फैसला गर्नुहुन्छ होला’, उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]