सप्तरी – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नेकपाले शासन गर्ने वैधानिकता गुमाइसकेको बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा नेता थापाले नेकपाले निर्वाचनबाट पाएको जनादेश गुमाइसकेका कारण सरकारमा बस्न नहुने तर्क गरे ।
जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि नेकपाका दुबै पक्षले क्षमा नमागेको उनको भनाइ छ ।नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सही फैसला आउने विश्वास व्यक्त गरे ।