१४ पौष २०८१, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – नेपाली पुलिस क्लबले महिला राष्ट्रिय फुटबल लिगमा पहिलो जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा पुलिसले उदयपुरको चौदण्डी नगरपालिकालाई ६–० को फराकिलो अन्तरले हराएको हो । पुलिसको यो दोस्रो खेल हो । पुलिसको सानदार जितमा रेखा पौडेल र सिर्जना खड्काले दुई–दुई गोल गरेका थिए । पुलिस प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग गोलरहित बराबरीमा रोकिएको थियो । जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा छ । एपिएफ तीन अंकका साथ दोस्रो स्थानमा छ ।

चौदण्डीले महिला राष्ट्रिय लिगमा हारबाट यात्रा सुरु गरेको छ । पुलिसका लागि अमृता जैसी तथा निर्मला विकले एक–एक गोल गरे । खेलको २७औँ मिनेटसम्म अनुभवी टोली चौदण्डीले बलियो पुुलिसलाई रोकेको थियो । तर, खेलको २८औँ मिनेटमा रेखाले पुलिसलाई १–० को अग्रता दिलाइन् । पुलिसले अग्रता गोल गरेसँगै खेलमा पकड जमायो । निरन्तर रूपमा पुलिसले चौदण्डीको रक्षापंक्ति तोड्दै गयो । खेलको ४१औँ मिनेटमा अमृताले पु्लिसलाई २–० को अग्रता दिलाइन् । खेलको ४५औँ मिनेटमा सिर्जनाले पुलिसको अग्रता ३–० सम्म पुर्‍याइन् । अधिकांश समय बल पोसेसन बनाएको पुलिसले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो । पहिलो हाफको इन्जुरी समयमा पुलिसले थप एक गोल गर्दा चौदण्डी ४–० ले पछि परिसकेको थियो । यसपटक निर्मलाले गोल गरिन् । दोस्रो हाफमा चौदण्डीले आक्रामकभन्दा पनि रक्षापंक्ति रणनीति अपनाएको थियो । जसका कारण पुलिसले मध्यान्तरपछि पहिलो हाफको जस्तो प्रदर्शन गर्न सकेन । मध्यान्तरपछि पुलिसले केवल दुई गोल थप्यो ।

दोस्रो हाफमा चौदण्डीले पुलिसका खेलाडीलाई गोल गर्न खुला अवसर दिएनन् । पुलिसका खेलाडी भने बारम्बार चौदण्डीको डि–बक्सभित्र प्रवेश गरे पनि खेलको ८९औँ मिनेटमा मात्र गोल गरेको थियो । रेखाले व्यक्तिगत दुई गोल गर्दा पुलिसले ५–० को अग्रता बनायो । खेलको अन्तिम इन्जुरी समयमा पुलिसले आफ्नो जित ६–० को जित पक्का गर्दा सिर्जनाले व्यक्तिगत दोस्रो गोल थपिन् । पुलिसका प्रशिक्षक सञ्जीव जोशीले चौदण्डीविरुद्धको खेलमा खेलाडीहरूबीचको तोलमेल मिलेको बताएका छन् । यसैगरी चौदण्डीका प्रशिक्षक दीपक थापाले पुलिससँगको प्रतिस्पर्धामा अनुभव कम भएको जनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]