१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, माघ १०, २०७७

सप्तरी – रुसमा विपक्षी नेता एलेक्जाई नाभाल्नीको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच खाबारोभस्कमा झडप भएको छ । विपक्षीहरुले शनिबार देशका ६० वटा शहरमा प्रदर्शन गर्ने योजना बनाएपछि त्यसलाई विफल बनाउन अधिकारीहरुले पनि विभिन्न उपाय अबलम्बन गरिरहेका छन् ।

मस्कोमा स्थानीय समयअनुसार २ बजे दिउँसो सेन्ट्रल पुुस्किन स्क्वायरमा प्रदर्शनकारीहरु भेला हुने र त्यहाँबाट क्रेमलिनसम्म मार्च गर्ने योजना बनेको छ ।
यसअघि जेलभित्रैबाट नाभाल्नीले सडकमा ओर्लन जनतासमक्ष आग्रह गरेका थिए । ‘तपाई‌हरु आन्दोलनमा ओर्लनुस्, मेरा लागि होइन तपाईको भविष्यका लागि,’ उनले लेखेका थिए । इन्स्टाग्राममार्फत नाभाल्नकी पत्नी युलियाले पनि मस्कोमा हुने प्रदर्शनमा किन सहभागीता जनाउन भनेर लेखेकी छ्नि । ‘मेरा लागि, उनका लागि, हाम्रा छोराछोरीका लागि, हाम्रा साझा योजना र मान्यताहरुका लागि,’ उनले लेखेका छन् ।
नाभाल्नीमाथि गत अगस्टमा विष प्रयोग भएको थियो । त्यसपछि कोमामा पुुगेका नाभाल्नीको उपचार जर्मनीमा गरिएको थियो ।उपचारका क्रममा उनको शरीरमा सोभियतकालिन विष प्रयोग भएको खुलासा भएको थियो, जसकारण पश्चिमा देशहरुले रुस सरकारको संलग्नता विष प्रयोगमा रहेको आरोप लगाए । तर रुस सरकारले यसलाई अस्विकार गर्दै आएको छ ।

उपचार सकेपछि नाभाल्नी स्वदेश फर्किएका थिए । तर, रुसी अधिकारीहरुले उनलाई विमानस्थलबाटै पक्राउ गरे । रुस सरकारले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ । तर, भ्रस्टाचार विरोधी अभियन्ताका रुपमा चर्चा कमाएका नाभाल्नीले यस आरोप राजनीतिक रुपमा प्रेरित रहेको दाबी गर्दै आएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको पार्टीलाई ‘ठग र चोर’ को संज्ञा दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]