१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २०, २०७७

सप्तरी २० असोज: प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानीका लागि प्रस्तावित दाङको भालुवाङ सबै हिसाबले उपयुक्त भएको बताएका छन्। 

प्रदेशसभामा जारी छलफलमा सम्बोधन गर्दै उनले प्रदेश राजधानी छनोटमा कुनै राजनीतिक आग्रह नभएको दाबी गरेका हुन। प्रदेशको समग्र हितकालाई केन्द्रविन्दुमा राखेर राजधानी छनोट गरिएको उनको भनाइ रहेको छ।

‘‘प्रदेशको स्थायी राजधानीको रूपमा हामीले राप्ती गाउँपालिका, शितगंगा नगरपालिका र गढवा गाउँपालिका गरी तीन वटा पालिका छनोट गरेका छौं। यसमा दुईवटा गाउँपालिकाको नेतृत्व प्रतिपक्षी दलले नै गरिरहेका छन,’’ मुख्यमन्त्री पोखरेलले भने, ‘‘त्यो गाउँपालिकाको सत्तापक्ष नै नेपाली कांग्रेस हो। त्यसकारण प्रदेश सरकारले कुनै आग्रहलाई अगाडि सारेको छैन। समग्रग प्रदेशको हितलाई केन्द्रविन्दुमा राखिएको हो ।’’

राजधानी तोक्ने विषयमा राजनीतिक सहमति जुटाउने प्रयास गरिए पनि नेपाली सम्भव हुन नसकेको उनको भनाइ थियो । कांग्रेस सभापति शेरबहादुर देउवासँग यस विषयमा छलफल गर्न चाहेको भए पनि समय नमिलेको उनले बताए। लुम्बिनी क्षेत्रको प्रतिनिधित्व गर्ने नेता यस विषयमा छलफल गर्न तयार नभएको उनको आरोप रहदै आएको छ।

‘‘यदि उहाँ खुल्ला रूपमा छलफल गर्न तयार हुनुभएको भए हामी अर्कै प्रक्रियामा प्रवेश गथ्र्यौं। तर, त्यो अनुमति छैन भन्नुभयो,’’ उनले भने, ‘‘उहाँलाई म्यान्डेट नै नभएपछि छलफलमार्फत सहमति जुटाउन सम्भव भएन। प्रयास नै नगरिएको भन्ने कुरा सत्य होइन।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]