सप्तरी – म्याक्सिकोका राष्ट्रपति एन्ड्रेज म्यानुअल लोपेज ओब्राडोरलाई कोभिड -१९ पोजेटिभ भएको पुष्टि भएको छ ।उनले उक्त कुराको जानकारी आफ्नो ट्विट मार्फत गराएका हुन् ।६७ बर्षीया ओब्राडोरले आफुमा संक्रमणको सामान्य लक्षण रहेको र अहिले उनले प्रतिनिधिहरुको माध्यमबाट राजनीतिक व्यवस्थालाई पूर्ण गर्ने बताएका छन् ।