सप्तरी, २१ असोज : सरकारले हालसम्म रोकिएका सवै परीक्षाहरुलाई अघि बढाउन अनुमति दिएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सवै परीक्षा संचालन अनुमति दिने भएको परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराए ।
बुधबार अपरान्ह मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता ज्ञवालीले कोरोना भाइरसको महामारीपछि सरकारले घोषणा गरेको लकडाउनका कारण रोकिएका सबै परीक्षा संचालन गर्न अनमुति दिने निर्णय सार्वजनिक गरेका हुन् ।