०४ आश्विन २०८१, शुक्रबार
wait Please...

एस एन यादव

शुक्रबार, आश्विन २३, २०७७

हरेक बर्ष दशैं तिहार जस्ता चाडपर्व नजिकिदै जादा अनुगमन टाेलि सकृय हुने गरेकाे छ ।

साेहि क्रममा संयुक्त वजार अनुगमन टोली सप्तरीले शुक्रवार पनि राजविराज स्थित केही किराना पसलहरुमा अनुगमन, निरिक्षणलाई निरन्तरता दिएको छ । जिल्ला प्रशासन कार्यलय सप्तरीका सहायक प्रजिअ जयकुमार घिमिरेको नेतृत्वमा निस्केको अनुगमन टोलीले विभिन्न किराना पसलवाट वरामद प्रतिबन्धित अवैध खाने तेल २१ लि., कबिर छाप खैती ४–५ प्याकेट, शक्तिमान विडी तथा म्याद गुजे्रका मुना चिया १ डिबा, मेची स्पेशल मसाला चिया ३ बट्टा, बच्चा सच्चा चकलेट १ प्याकेट तथा बिना लेवल प्याकिंग गरिएका बुनिया १० प्याकेट, विभिन्न साईजका पाउँरोटी, बटारी लगायत सामग्रीहरु तत्कालै पसलेहरुकै रोहवरमा आगोलगाई नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय राजविराजका खाद्य अनुसंधान अधिकृत सुरेश सिंहले वताउनु भयो।

अनुगमन टोलीले आरयुपी एण्ड जनरल सप्लायर्स, राघबेन्द्र साह किराना पसल, गंगा किराना पसल, शिव ट्रेडर्स, श्रीराम एण्ड सन्स, मनोज साह पेप्सी डिलर, लक्ष्मी लघु उद्योग, गोपाल किराना पसल, शिवगुरु ट्रेडर्स, अर्जुन किराना पसल, मनोज कुमार साह किराना पसल लगायतमा अनुगमन टोलीले अनुगमन गरेको राष्ट्रिय उपभोक्ता मंचका राजकुमार गुप्ताले वताउनु भयो।

अनुगमनकै क्रममा अनधिकृत रुपले बेचीरहेका २ लि. पेट्रोल पनि जफत गरी टोलीले नष्ट गरेको बताईएको छ । सो टोलीमा जिल्ला प्रशासन कार्यालय सप्तरी, खाद्य प्रविधि तथा गुण नियंत्रण डिभिजन कार्यालय राजविराज, घरेलु तथा साना उद्योग कार्यालय सप्तरी, राजविराज नपाका प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मंच सप्तरी, न्यायीक उपभोक्ता मंच, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]