१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १५, २०७७

सप्तरी -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा धर्ना कार्यक्रम गरेको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेका हुन् ।नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी कमिटी सदस्य तथा विघटित प्रतिनिधि सभा सदस्य पम्फा भुसालले असंवैधानिक रुपमा संसद विघटन गरी देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको बताइन् । संविधान, संघीयता, गणतन्त्र र जनमतको रक्षाको निम्ति धर्ना बसेको उनको भनाई छ ।विघटित प्रतिनिधि सभाका सदस्य हरिबोल गजुरेलले जनताले आफ्नो प्रतिनिधिमार्फत बनाएको संविधानमाथि हस्तक्षेप भएको हुँदा आम जनता धर्नामा बस्नुपर्ने आवश्यकता रहेको बताए । संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनको भनाई छ ।

नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबार देखि शुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]