०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १६, २०७७

सप्तरी – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म रु १ अर्ब ७४ करो ८८ लाख बराबरको खुद नाफा कमाएको छ । बैैंकले हालै सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैकको यो नाफा रकम गत आवको सोही अवधीको तुलना रु ४६ करोड ६ लाख अर्थात २१ प्रतिशतले कम हो । गत आवको सोही अवधीसम्म बैंकले रु २ अर्ब २० करोड ९४ लाख बराबरको खुद नाफा कमाएको थियो ।गत आवको पुसमसान्त सम्म रु ५ अर्ब ६ करोड खुद ब्याज आम्दानी कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा रु ३ अर्ब ९१ करोड २ लाख कमाएको छ । गत पुस मसान्तसम्ममा बैंकले रु २ खर्ब ३० अर्ब ९० करोड २६ लाख निक्षेप संकलन गरेको थियो । चालु आवको सोही अवधी सम्म बैंकले रु २ खर्ब ४१ अर्ब ४९ करोड ६८ लाख निक्षेप संकलन गरेको छ । यसैगरी बैंकले समीक्षा अवधीसम्म रु १ खर्ब ६२ अर्ब ६८ करोड ७५ लाख कर्जा लगानी गरेको छ ।त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा रु ६४ करोड ९८ लाख घटेर रु २ अर्ब ४१ करोड ५६ सीमित भएको छ । पुस मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा रु १ अर्ब ८० करोड ४४ लाख ६७ हजार रहेको छ ।

चुक्ता पूँजी रु ९ अर्ब ४७ लाख ९५ हजार ७०० रहेको यस बैंकको प्रतिशेयर आम्दानी नाफा घटेसँगै १०.२३ रुपैयाँले घटेर ३८.८४ रुपैयाँ कायम भएको छ । बैंकको जगेडा कोषमा रु १३ अर्ब ८९ करोड ६२ लाख र शेयरधनी कोषमा रु २ अर्ब ६० करोड ६२ लाख रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]