भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ९२६ जनाले ज्यान गैसकेको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ७ हजार ४१६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७३ हजार २७२ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । भारतमा कुल संक्रमित ६९ लाख ७९ हजार ४२४ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म ५९ लाख ८८ हजार ८२३ जना ठिक भएका छन् । त्यस्तै ८ लाख ८३ हजार १८५ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ८ करोड ५७ लाख ९८ हजार ६९८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ११ लाख ६४ हजार १८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।