छिमेकी देश चीनले नेपाललाई तीन लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।
अनुदानस्वरुप प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको चिनियाँ राजदूतावासले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्ड अनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
यसअघि भारतले नेपाललाई १० लाख मात्रा खोप नेपाललाई निःशुल्क दिएको थियो । सो खोप अहिले फ्रन्टलाइनकर्मीहरुलाई दिने काम चलिरहेको छ ।