सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सुरेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२२ असोजमा स्वाब दिएका उनको शनिबार रिपोर्ट आएको हो । कोरोना सक्रमण पुष्टि भएपनि आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताए ।
‘कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा पीसीआर परीक्षण गराउादा कोरोना संक्रमण देखिएको छ’ पौडेलले भनेका छन्, ‘मरो नजिकको सम्पर्कमा रहेका महानुभावलाइ सतर्क रहन र लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गर्दछु ।’