०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

एजेन्सी । म्यानमारमा सेनाले कू गरेपछि त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आपतकालीन बैठक डाकिएको छ ।‍ । मंगलबार बस्ने बैठकमा सैन्य कू पछिको म्यानमारको अवस्थाबारे छलफल हुने बीबीसीले जनाएको छ ।

म्यानमारमा भएको पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै सो विषय छलफलको पहिलो प्राथमिकतामा ल्याउन सुरक्षा परिषदका सदस्यहरु सहमत भएको संयुक्त राष्ट्रसंघमा बेलायती राजदूत बारबरा वूडवार्डले बताएकी छन् ।म्यानमारको सेनाले सोमवार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सैन्य कू गरेको हो । सेनाले एक वर्षका लागि म्यानमारमा संकटकालको घोषणा गरी कर्फ्यूसमेत लगाएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको सीधा आक्रमण रहेको भन्दै निन्दा गरेका छन् । नेतृ सूकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेकोमा आपत्ति जनाउँदै बाइडनले त्यहाँको सेनाविरूद्ध आवश्यक कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]