१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ २०, २०७७

अर्घाखाँची : पूर्व प्रधानमन्त्री एवम्‌ जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक तनाव व्यवस्थापन गर्न तत्काललाई २ वटा उपाय रहेको बताएका छन्‌।

​मंगलबार बिहान अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईले जहाँबाट प्रतिनिधि सभाको पुनःस्थापना या संविधानको धारा ७६ अनुसार सरकार बनाउनुपर्ने बताएका हुन्‌।​​देश गम्भीर संकटमा पुगेको तर्क गर्दै भट्टराईले भने, ‘पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद विघटन विल्कुलै असंवैधानिक र अलोकतान्त्रिक हो, निर्वाचित सरकारले संविधानले तोकेअनुसार पूरा अवधी सरकार चलाउनुपर्छ, बहुमतबाट सरकार चलाउन नसकिने अवस्थामा मात्रै निर्वाचन हुनसक्छ, अन्यथा संसद बिघटन हुनु संविधानको मर्म विपरित प्रतिगमन तर्फको यात्रा हो।”फुटिसकेको नेकपामा बहुमत नरहेकाले संविधानको धारा ७६ को उपधारा २ देखि ४ सम्म प्रयोग गरी सरकार बनाउनुपर्छ,’ उनले थपे, ‘त्यसपछि पनि सरकार बन्न सकेन भने बल्ल हामी निर्वाचनमा जानुपर्छ, अन्यथा संसद्‌ पुनःस्थापना नहुने, बैशाखमा पनि चुनाव नहुने र देशमा सेना परिचालन गरी संकटकाल घोषणा गर्ने, संविधानमै ठूलो संकट आउने, नागरिक सडकमा जाने र त्यसैलाई वहाना बनाएर भारत, चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरूले हस्तक्षेप गर्न सक्छन्‌, त्यसैले संसद्‌ पुन:स्थापनाको विकल्प छैन।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]