१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, आश्विन २५, २०७७

सप्तरी- नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको छ। ११ वटा जिल्लाका ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ५ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।

सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५९ प्रतिशत छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]