०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

दोहा : बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको तथा केही समयदेखि जन्डिसको उपचार गराइरहेको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।कुवेतले कोरोनाका करण लगाएको यात्रा प्रतिबन्धको करण शव नेपाल पठाउन ढिलाई हुने समेत दूतावासले जनाएको छ ।

थप दुई नेपालीको उद्धार :
कुवेतबाट दुई नेपालीको उद्धार गरिएको छ । गैरआवसिय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगरी गुमाइ बिचल्लीमा परेका कृष्ण सुनार र बाबुराम गौतमलाई उद्धार गरिएको हो ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परिक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी उनीहरुको घरसम्म पुग्न बसको टिकटको ब्यबस्था गरिएको गैरआवसिय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।साथै कोरोना महामारीका करण कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कुनै पनि समस्या भएको भए एनआरएनए कुवेतमा सम्पर्क गर्न अध्यक्ष केसीले अनुरोध गरेका छन् ।कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किन समस्या भए एनआरएन कुवेतका अध्यक्ष केसी ९४४७१२२२ र महासचिव दिलकुमार पाख्रीनलाइ ९७५५७३१३ मा सम्पर्क गर्न सम्पर्क गर्न सकिने एनआरएनले जनाएको छ ।

कोरोना लगायत विभिन्न कारणले राेजगारी गुमाएर कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य जारी रहेको जनाएको केसीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]