०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ २१, २०७७

वालिङ- स्याङ्जाको वालिङका निर्वाचित महिला जनप्रतिनिधिका लागि ३ दिने नेतृत्व तथा सञ्चार सीपसम्बन्धी तालीम प्रदान गरिएको छ ।

वालिङ नगरपालिकाले महिला जनप्रतिनिधिको क्षमता तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्न ३ दिने तालिम आयोजना गरेको हो ।कार्यक्रम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नेतृत्व विकास तथा सञ्चार विकास तालिमले महिला जनप्रतिनिधिलाई थप क्षमतावान बनाउने बताए । तालिमबाट सिकेका सीपलाई कार्यान्वयनमा ल्याउन उनले सुझाए ।जनप्रतिनिधिले फरक-फरक क्षेत्रका नागरिकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने भएकाले क्षमतावान बनाएर नेतृत्व गर्न सक्ने स्तरमा पुर्‍याउन तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले बताए ।

नगरका १४ वटा वडाबाट निर्वाचित महिला जनप्रतिनिधिसहित ३१ जनाको सहभागिता रहेको तालिममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीलगायतले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]