खोटाङ – आगोमा जलेर खोटाङमा ७ वर्षीय बालकको मृत्यु।
भत्किएको घरमा कुन्यु बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको ज्यान गएको हो । हिजो साथीहरुसँग खेल्न गएको बेला आगो खेलाउने क्रममा आगो लाग्दा बालकको ज्यान गएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताउनुभयो । जेसनसँगै खेल्न गएका दुई बालक भने भागेर बाँचेका छन् ।