०५ आश्विन २०८१, शनिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २२, २०७७

काठमाण्डाै – म्यानमारमा सैन्य ‘कू’ पछि त्यसको विरोधमा सुरु भएको चर्काे विरोधका बीच सैन्य सरकारले फेसबुक चलाउन प्रतिबन्ध लगाएको छ ।

अधिकारीहरूका अनुसार म्यानमारमा निकै लोकप्रिय फेसबुक ‘स्थायित्व’ का लागि बन्द गरिएको हो । फेसबुक म्यानमारमा धेरै व्यक्तिका लागि इन्टरनेटसम्म पहुँच राख्ने एकमात्र प्लेटफर्म हो ।सैन्य ‘कू’ का क्रममा पक्राउ परेकी निर्वाचित नेतृ आङ सान सू चीविरुद्ध कैयौँ आरोप लगाइएको छ । सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेत्री आङ सान सू चीलाई पक्राउ गरेको थियो । संंयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसले म्यानमारमा भएको सैन्य ‘कू’ विफल पार्न विश्व समुदायसँग आह्वान गरेका छन् ।

म्यानमारका आधा जनसङ्ख्या पाँच करोड तीस लाखले फेसबुक चलाउँछन्, म्यानमारमा विना ‘लोडिङ’ तस्बिर र भिडियो निःशुल्क छ, जसका कारण म्यानमारमा फेसबुक इन्टरनेटको पर्याय बनेको छ । अभियन्ताहरूले बुधवार सैन्य ‘कू’ विरुद्ध सबैलाई समेट्न एक फेसबुक पेज बनाएका थिए । त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म आउँदो फेब्रुअरी ७ सम्म बन्द रहने जनाएको छ ।

म्यानमारमा भएको सैन्य ‘कू’ को विश्वभरि नै विरोध भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]