सप्तरी – घुर बालेर आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा सप्तरीमा एक महिलाको ज्यान गएको छ।सप्तरी सुरूङ्गा नगरपालिका-२ की ७५ वर्षीया कमलीदेवी पासवानको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार राति साढे ८ बजे आगो ताप्ने क्रममा उनले लगाएको सारीमा आगो सल्केको थियो। उनको कम्मरमुनि दुबै खुट्टा, घाँटी र ढाड जलेको थियो।उपचारका लागि उनलाई रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो।उपचारका क्रममा महिलाको शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।