०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन २६, २०७७

सप्तरी,२६असोज: नेपाल–भारत सीमा नाका पूर्ण रूपमा सिल गरेको अवस्थामा चोरबाटोबाट भारतिय बजारमा किनमेल गर्न जानेहरुलाई स्थानीय प्रशासनले क्वारेन्टिनमा राख्न थालेको छ ।

सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय बजार लुकीछिपी र चोरबाटो प्रयोग गर्दै गएर किनमेल गरि फर्किनेलाई क्वारेन्टिनमा राख्न थालेका हुन ।

लुकीछिपी शनिबार र आइतबार भारतिय बजार गएर फर्किएका ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । शनिबार नियन्त्रणमा लिएका ४५ जनालाई मोरङ प्रहरीले होम क्वारेन्टिनमा बस्ने समझदारी गरेपछि आफन्तलाई जिम्मा लगाएर पठाएको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

आइतबार पनि प्रहरीले जोगवनीमा किनमेल गरेर फर्किएका ४० जनालाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएकाहरूलाई विराटनगरस्थित डिएभी स्कूलको क्वारेन्टिनमा राखिएको छ । उनीहरुलाई सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टिनमा पठाउने एसपी खड्काले जानकारी गराएको छ ।

सीमा क्षेत्रबाट पछिल्लो समयमा तस्करीसँगै भारतीय बजार गएर किनमेल गर्ने प्रबृत्ति बढेको विषयमा विभिन्न मिडियाले समाचार प्रकाशित गरेपछि प्रहरीले कडाई गरेको हो । ‘शनिबार नियन्त्रणमा लिएकाहरूलाई सम्झाइबुझाइ गरि आफन्तलाई जिम्मा लगाएर साँझमा छोडियो,’ एसपी खड्काले भने, ‘आइतबार नियन्त्रणमा लिएकालाई भने क्वारेन्टिनमा लैजाने तयारी भएको छ ।’

सिमावर्ती बजार जोगवनी जान विराटनगर, बुढीगंगाा, सुनसरीको बर्जु गाउँपालिकाहरूका धेरै जाने गरेको पाइएको छ । जोगवनी बजार जाने अधिकांश पोके व्यापारी छन् । उनीहरूले भारतीय बजारमा खरिद गरेको ल्याएको सामाग्री नेपाली बजारमा विक्री गर्ने गर्दछन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल–भारत सीमा सिल गरेपनि चोरबाटोबाट किनमेल गर्न पारि जानेको संख्या घटेको छैन । चाडबाड नजिकिएसँगै पूर्वी तराईका भारतसँग सीमा जोडिएका गाउँ–बस्तीका बासिन्दा भारतीय बजार जान थालेका छन् ।

सरकारले प्रदेश १ मा मोरङको जोगबनी, सुनसरीको भन्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगर नाकाबाट मात्र सरकारी अनुमतिमा नेपाल–भारत आउजाउ गर्न पाउने व्यवस्था गरेको छ । ती चार बाहेक अन्य नाकाबाट आवागमनमा पूर्णतः रोक लगाइएको छ । ती नाकाबाट आउजाउ गर्न पनि स्थानीय तहको सिफारिस र स्थानीय प्रशासनको अनुमति चाहिन्छ ।

चोरबाटो प्रयोग गरेर भारतीय बजारमा गई किनमेल गरेर नेपाल फर्कनेलाई मोरङ प्रशासनले १४ दिन क्वारेन्टाइनमा राख्न सुरू गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकरी गराए । अहिले विराटनगर रानीको सीमा जोडिएको इस्लामपुर बस्तीसित जोडिएको ढाट, दैरैयाबस्ती, विराटनगर –१६ को दक्षिण गेट क्षेत्रबाट लुकीछिपी भारत गएर किनमेल गरेर फर्किएकालाई प्रहरीले पक्राउ गरिरहेको छ ।

यसअघि पनि सशस्त्र प्रहरीले भारतीय बजारबाट फर्किएकालाई क्वारेन्टिनमा लैजान सीमा स्थलमा गाडी खडा गरेपछि भागाभाग मच्चिएको थियो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको गाडी देखेर कतिपय भारततर्फ नै भागेका थिए भने कतिपय मालसामान बाटामै फालेर दौडिएका थिए ।

भारतसँग सीमा जोडिएको मोरङको ६३ किलोमिटर क्षेत्रमा साना–ठूला ३६ वटा नाका छन् । चाडपर्वको आगमनसँगै दैनिक उपभोग्य सामान खरिद गर्न भारतको सीमावर्ती बजार जाने नेपाली उपभोक्ताको परम्परा रहँदै आएका थिए ।

प्रजिअ निरौलाले सीमा नाका पूर्णतः बन्द गरिएका अवस्थामा कोही पनि नेपाली नागरिक अनाधिकृत रूपमा भारततर्फ जान्छन् भने उसलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारन्टिनमा राख्नेछ । उनीहरुलाई २ साता क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्र छाडिने प्रजिअले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]