०७ कार्तिक २०८१, बुधबार
wait Please...

nikhil

सोमबार, साउन १२, २०७७

२०७७ श्रावण १२ सोमबार
काठमाडौं- नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बारा र धनुषामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४८ पुगेको छ । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत बाराको फेटा नगरपालिका वडा नं ३ का ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार उनमा निमोनिया, मस्तिष्कघात, मिर्गौला सम्बन्धी समस्या थियो ।

यस्तै, धनुषाका शहीद नगर नगरपालिका वडा नं ६ डुमरियाका ३६ वर्षीय कोरोना संक्रमितको पनि मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी १० गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लैजादै गर्दा उनको साउन ११ गते बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मात्र नेपालमा यी दुई सहित तीन जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । यसअघि आइतबार वीरगञ्जमा एक संक्रमितको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]