१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, माघ २४, २०७७

सप्तरी- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य उज्ज्वल रहेको बताएका छन् । उनले यसप्रति कसैले कर्के नजर लगाउन नसक्ने पनि बताए । नेकपा ओली समूहले राजधानीमा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कसैले लोकतन्त्र खोस्न र मास्न नसक्ने स्पष्ट पारेका हुन् । उनले आफूमाथि लागेको प्रतिगमनकारी आरोपको पनि खण्डन गरे ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी र निरंकुश शासकको आरोप लाग्दै आएको छ । दसौं हजार कार्यकर्ता र शुभेच्छुकको उपस्थितिमा प्रधानमन्त्री ओलीले माधव नेपाल र पुष्पकमल दाहालको आलोचना गर्दै आफ्नो कदमको बचाउ गरे । नेपाल–दाहाल समूहको नेकपाले लगाउँदै आएको आरोपको खण्डन गर्दै ओलीले आफू गणतन्त्र र लोकतन्त्रविरोधी नभएको प्रस्ट्याए । नेपाल–दाहाल समूहले ओली गणतन्त्रविरोधी भएको आरोप लगाउँदै आएको छ । ‘कसैले पनि लोकतन्त्र खोस्न सक्दैन, लोकतन्त्रको भविष्य उज्ज्वल छ । लोकतन्त्रतर्फ कसैले कर्के आँखा नलगाए हुन्छ, लोकतन्त्रकै लागि म चौध वर्ष जेल बसेको हुँ । यहाँ कसैले भ्रम नपाले हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको धर्म निरपेक्षताविरोधी र राजतन्त्र फर्काउन प्रपञ्च गरेको आरोप पनि मिथ्या भएको बताए । ‘केहीले भनेका छन्, नारायणहिटीमा सभा गरेर ओलीले राजतन्त्र फर्काउन खोज्यो । म तिनीहरूलाई भन्न चाहन्छु, गणतन्त्रका लागि म पनि लडेको हुँ, गणतन्त्र हलचल हुँदैन’, उनले भने ।

ओलीले आफूलाई काम गर्न नदिइएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए । ‘जनताले बुझेको कुरा हो, काम गर्ने अवस्था नभए प्रधानमन्त्रीले संसद् विघटन गर्छ । हाम्रै बलमा संसद्मा आएर काम गर्न नदिने र सरकारले काम गर्न सकेन भन्ने प्रवृत्तिको जबाफ जनताको ताजा जनादेशबाट खोज्नुपर्छ,’ उनले भने । उनले चुनावमार्फत नै जनताले काम गर्न खोज्ने ठीक कि गर्न नदिने ठीक भन्ने फैसला गर्ने बताए ।

मुलुक निर्वाचनतर्फ उन्मुख भइसकेकाले यसलाई अब कसैले रोक्न नसक्ने दाबी उनले गरे । ‘निर्वाचनमार्फत देशलाई स्थायित्वको बाटोमा डोर्‍याइनेछ’, उनले भने । उनले निर्वाचनको तयारी नगर भन्नु लोकतन्त्रविरोधी हर्कत भएको बताए । प्रधानमन्त्री ओलीले नेपाल–दाहाल समूहप्रति लक्षित गर्दै केही मानिस सरकार छाडेर हिँडेपछि संवैधानिक आयोगमा पदपूर्ति सम्भव भएको दाबी गरे । ‘उनीहरूले काम गर्न दिएनन् । तीन वर्षसम्म आयोगहरू बनेनन् । दुईचारजना निस्केर हिँडेपछि बल्ल आयोग बने । ती मानिस रहुन्जेल आयोगमा पदपूर्ति गर्न दिएनन् । उनीहरूलाई अहिले कति पिर परेको रहेछ भने त्यसकै भोलिपल्ट नेपाल बन्द गरे’, प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]