पर्सा – युवा विधार्थी संघर्ष समिति प्रदेश नं. २ का उपाध्यक्ष सनि कुमार गुप्ताले आफू खुसी राजीनामा दिएका छन् । समाज र संगठनमा रहेका होनाहार युवालाई जिम्मेवारी दिन आफू खुसीराजीले राजीनामा दिएको प्रेस बिज्ञप्ती मार्फत सो संगठनका अध्यक्ष उमेश कुशवाहालाई जानकारी गराएका हुन् ।
विधार्थी संघर्ष समिति प्रदेश नं. २ को सह–संस्थापनक भई सिम्रौनगढको विकासको लागि निष्ठासंगै काम, कर्तव्य निर्वाह गर्दा गर्वाम्बित महसुस भएको गुप्ताले मंगलबार जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
उनले मेरो राजनैतिक पृष्ठभूमि संगठन नै रहने उल्लेख गर्दै होनाहार युवालाई थप ऊर्जा मान, मर्यादा दिलाउनका निम्ति आफूले उपाध्यक्षबाट राजीनामा दिएको बताएका छन् ।
उनले २०७० सालदेखी संगठनले मलाई दिएको मान, मर्यादा र माया अस्मर्निय रहेको उल्लेख गर्दै उनले सिम्रौनगढका कर्णधार युवा, समाज र पत्रकारलाई धन्याबाद व्यक्त गरे ।