१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २७, २०७७

सप्तरी,२७असोज: जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी दोहोर्‍याएको थिए ।

‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ,’ उनले भने, ‘अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?’ उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताए । जन–लोकपाल गठन गरेर भष्टचारीको सम्पति जफत गर्ने र त्यो सम्पति विकास र समृद्धिमा लगाउने पार्टीको रोडम्याप रहेको उनले सुनाए ।
हालै गृह जिल्ला गोरखा पुगेर भट्टराईले बुढीगण्डकी आयोनामा ९ अर्ब भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथै पूर्वप्रधानमन्त्रीहरु नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको मिलोमतो रहेको बताएका थिए । उनको यो अभिव्यक्तिपछि कांग्रेसले वक्तव्य प्रकाशित गरी भट्टराईलाई यसको प्रमाण देखाउन चुनौती दिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]