काठमाडौं – नक्कली नोट सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। शुक्रवार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ बस्ने ३५ वर्षीय साबिर अंसारी र सितामढी ग्राम पठनपुर १४ बस्ने ४२ वर्षीय जियाउल अंसारी रहेका छन् । जलेश्वर नगरपालिका-१ स्थित सडक बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेक गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट ५ सय दरका २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट फेला परेको प्रहरीले बताएको छ ।