०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, आश्विन २७, २०७७

सप्तरी,२७असोज: प्रदेश १ को राजधानी विराटनगरमा सट्टेबाजी (फाड्का) खेलाउने गिरोह सक्रिय रहेको पाइएको छ । भारतीय सट्टेबाजका गिरोहसँग मिलेर जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) र अन्तराष्ट्रिय विभिन्न खेलहरूमा सट्टेबाजी खेलाउने गिरोह सक्रिय भएको पाइएको छ ।

आइपीएलमा नेपालको तर्फबाट क्रिकेटको सट्टेबाजी चलाउने गिरोहमा व्यापारीको पनि संलग्नता हुने गरेको पाइएको छ । क्रिकेट खेलमा विराटनगरमा बसेर सट्टाबाजीको अवैख धन्दा चलाएको आरोपमा मोरङ प्रहरीले असोज १४ गते व्यापारीसहित विराटनगर तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५ भट्टीमोडका ३८ वर्षिय मुन्ना भन्ने सत्यजित साह, विराटनगर १७ रानीका ४२ वर्षीय जगदिश साह र विराटनगर १५ रानीका ३८ वर्षिय बैजनाथ साह पर्काउ परेका थिए । पक्राउ परेका जगदिश व्यापारी हुन् । उनी र बैजनाथ साह मिलेर प्रविधीमा दखल राख्ने मुन्न भन्ने सत्यजित साहको घरमा सट्टाबाजी खेलाउने क्रममा पक्राउ परेका थिए ।

प्रहरी हिरासतमा रहेका जगदिशलाई कोरोना संक्रमण देखिएपछि अहिले उनी उपचारको लागि विराट टिचिङ्ग हस्पिटलको आइसोलेशनमा छन् । मुन्ना भन्ने सत्यजित साहको घरमा मोबाईल फोनमार्फत आइपिएल खेलको सट्टाबाजी भइरहेको विशेष सूचना आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरीले साहको साथबाट सट्टेबाजी खेलाउने गरेको ६० हजार रुपैयाँ पनि बरामद गरेको थियो ।

नेपालमा सट्टाबाजीको धन्दामा अन्तर्राष्ट्रिय संगठित गिरोह नै सक्रिय हुने गरेको यस क्षेत्रका जानकारहरू बताउँछन् । पक्राउ परेको गिरोहले खेलाउने खट्टाबाजीमा विराटनगरका नाम चलेका व्यापारीले बाजी लगाउने गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार आईपिएलमा दैनिक विराटनगरमा लाखौंको हारजित हुने गरेको छ ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले सट्टेबाजी धन्दामा संलग्नहरू माथि निगरानीमा रहेको बताउनुभयो । ‘तीन जनालाई पक्राउ पनि गरिसकेका छौँ उनले भने, ‘उनीहरूको नेटवर्कमाथि अनुसन्धान भइरहेको छ ।’ प्रहरीको अध्ययन अनुसार विराटनगरमा तीन– चार समूहले सट्टेबाज धन्दा चलाइरहेका छन् ।
उनीहरूको दिल्ली, मुम्बई, दुबईसम्म सट्टेबाजसँग सम्बन्ध रहेको प्रहरीले जनाएको छ । सट्टेबाजीमा हुने जित र हारको बीचमा नेपाली सट्टेबाजहरूले निश्चित कमिशन पाउने गर्दछन् । विराटनगरमा सक्रिय यी सट्टेबाजमार्फत कति जनाले कति रकम लगानी गरे भन्नेबारेमा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी गराए ।

सट्टेबाजीमा हारेको पैसा असुल्न कुटपिट
बिहीबार राति सट्टेबाजीमा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भिनने सन्जय सिंहमाथि कुटपिट भएको छ । सन्जयले आफूमाथि रोनाल कँडेलको समूहले कृष्ण होटलको कोठामा बन्धक बनाएर कुटपिट गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।

केही दिन अगाडि सट्टेबाजीमा कँडेलको समूहले १४/१५ लाख रूपैयाँ हारेको स्रोतको दाबी छ । पैसाँ असुल्न कँडेलको समूहले कृष्ण होटलमा बन्धक बनाएर कुटपिट गर्दै तीन वटा चेकमा ८ लाख रूपैयाँ दरले असोज १५ गते मिति उल्लेख गर्दै सहि गराएर लिएको सञ्जयले बताएका छन् ।

आफुलाई कुटपिट गर्ने समूहले विराटनगरमा सुनचाँदीको व्यापार गर्दै आएका बिकास सोनीको गाडी लिएर गएको सञ्जयको भनाइ छ । रोनालले गाडी मागेपछि विकासले पनि सहज रूपमा दिएका थिए । सन्जयमाथि सट्टेबाजी खेलाउने गरेको आरोप छ ।

घटनाको विषयमा बुझन प्रहरीले सन्जय सिंहल र व्यापारी बिकास सोनीलाई मोरङ प्रहरीमा ल्याएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी गराएका छन । ‘घटना बाहिर आएपछि सोधपुछको लागि बोलाएको हो,’ डिएसपी राईले भने, ‘हामीले यस घटनामा अनुसन्धान गर्दै आएका छौं ।’

बन्धक बनाएर कुटपिट गरेको आरोप लागेका रोनाल कँडेल भने विरामी भएर नोबेल अस्पतालमा रहेको मोरङ प्रहरीले जनाएको छ । कँडेलमाथि पनि अनुसन्धान हुने प्रहरीले जनकारी दिएका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]