पशु सेवा विभागलाई बर्डफ्लु तथा पशुपन्छी रोगजन्यको परीक्षण गर्न प्रयोगशालाको अभाव
काठमाडौँ – पशु सेवा विभागलाई बर्डफ्लु तथा पशुपन्छी रोगजन्यको परीक्षण गर्न प्रयोगशालाको अभाव भएको छ । कोभिड–१९ (कोरोना)का कारण पशु सेवा विभागअन्तर्गत रहेको प्रयोगशाल स्वास्थ्य सेवा विभागले प्रयोगमा ल्याएपछि अहिले पशुपन्छी रोग परीक्षणका लागि प्रयोगशालाको अभाग भएको हो ।
पशु सेवा विभागअन्तर्गत सातवटा प्रयोगशाला रहेका छन् त्यसमध्ये स्वास्थ्य सेवा विभागले पाँचवटा प्रयोगशाला प्रयोगमा ल्याइरहेको छ । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले स्वास्थ्य सेवा विभागले सुरुमा सातवटै प्रयोगशाला माग गरेको तर इमर्जेन्सीका लागि त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला बाँकी राखेर सबै दिएको बताए ।
त्यसमध्ये अहिले जनकपुरको प्रयोगशाला फिर्ता दिइएको अरू पनि फिर्ता गर्नुपर्ने आफूहरूले माग गर्र्दै आएको बताए । देशमा बर्डफ्लु देखिएपछि विभिन्न ठाउँबाट परीक्षणका लागि नमुना आउने क्रम बढेकाले प्रयोगशालाको अभाव खड्किएको उनले बताए । गोरखापत्रमा खबर छ।