सप्तरी _ सप्तरी प्रहरीले गाेप्य सुचनाकाे अाधारमा अवैध हतियार सहित दुई जना युवकलाई पक्राउ गरेकाे छ ।
इलाका प्रहरी कार्यालय रुपनिकाे टाेलिले विशेष सुचनाकाे अाधारमा छापामारि गर्दा सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.२ भलुवाहिबाट एक नाले भरुवा बन्दुक सहित दुई जना युवकलाई अाज बिहान पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका वडा न.२ भलुवाहिके २५ बर्षिय रामपुकार माझी र साेहि ठाउका २२ बर्षिय राम स्वरुप मण्डल रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिभयाे ।यता पक्राउ परेका दुवै जना युवकमाथि अावश्यक थप अनुसन्धान कार्य भइरहेको डिएसपि साहले जानकारी दिनुभयाे ।