०४ आश्विन २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

सप्तरी,२८असोज:कोरोनाका कारण यस वर्षको दशैं तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश बनेका छन् ।

स्थायी घर गोरखाका गणेश भट्टले दशैंका लागि तन्ना तथा कुर्ता बिक्रीका लागि राखेका छन् तर बिगत वर्षझैं व्यापार छैन । उनले अघिल्ला वर्षमा १०० भन्दा बढी तन्ना बेचेका थिए । ‘पहिला ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले १० वटा बिक्री हुन पनि गाह्रो छ,’ उनले भने ।

काठमाडौंमा व्यापार गरिरहेका उनी आफूहरू पनि दशैं मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैंको मौका छोपी व्यापार गर्न लागेको तर कोरोनाको महामारीले व्यापार थप्प भएपछि निराश भएको बताउँछन् ।

बाटोमा हिँडडुल गर्ने व्यक्ति पनि पहिलेभन्दा पातला छन् । आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘व्यापार पहिलेको दाँजोमा २५ प्रतिशत पनि छैन, खाद्यान्न बाहेकका वस्तुुको अहिले कारोबार न्यून छ ।’

अहिले शपिङ मलका व्यापारी दिनभर सटर खुला राखेर कहिले ५–१० हजार व्यापार गरेर घर फर्किन्छन् भने कहिले व्यापारै नगरी घर फर्कने पनि भएको व्यापारीको अनुुभव छ ।

दशैं नजिकिएसँगै व्यापार पनि होला भन्ने सोचले सामान ल्याए पनि ग्राहक नआउँदा उनीहरू अहिले समस्यामा परेका छन। विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नागरिक घरभित्रै भएकाले पनि दशैंमा सामान किन्नकालागि खासै बजार निस्केका छैनन् । ग्राहकलाई आकर्षण गर्न व्यापारीले विभिन्न सामानमा छुटको व्यवस्था गरे पनि त्यसमा ग्राहकको आकर्षण नभएको लुगा व्यापारी अनिल बर्माले बताउ छन ।

उनका अनुसार अहिले दशैं नजिकिँदै गर्दा सपिङ मलका व्यापारीले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै छुट सहुलियत, उपहार लगायत योजना ल्याएका छन् । दशैंमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । छुट र सहुलियतले बजारमा रौनक छाउने गरेको विशालबजार व्यापार संघका अध्यक्ष दामोदर कार्कीले बताउ छन ।

उनले भने, ‘यो वर्ष कोरोना महामारीका कारण व्यापार हुने आश छैन । पहिलेको १० देखि १५ प्रतिशत मात्रा व्यापार हुन्छ होला । फुटपाथतिर अलि होला तर हाम्रो जस्तो पसलमा कहिले त बोहनी पनि हुँदैन ।’ कोरोनाको डरले पहिले जस्तो भीडभाड नभए पनि मानिस खाद्यान्न खरिद गर्न भीड नै भएको असनका खाद्यान्न व्यापारी रुमन जोशीको अनुभव छ ।

उनले दशैंमा मीठो खानु नै पर्‍यो, त्यसैले खाने कुरा किन्न भने मानिसको भीड नै छ तर अरू सामान खरिद गर्ने भीड नभएको बताए ।

सिभिल मल व्यापारी संघका अध्यक्ष रत्न घिमिरेले गत वर्षको भन्दा यो वर्षको व्यापार ७० प्रतिशतभन्दा बढीले घटेको बताए । ‘शपिङ मलमा गएको वर्षको तुलनामा व्यवसाय ७० प्रतिशत घटेको छ, दशैंको मौका छोपेर अफर ल्याए पनि ग्राहक आउँदैनन्,’ उनले भने । व्यापार र व्यवसायमा हाल युवा बढी संलग्न छन् ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका अनुसार राजधानीमा मुलुककै सबैभन्दा सघन बस्ती भएको र यहाँ बचाउको उपाय नअपनाउँदा कोरोना तीव्र गतिमा विस्तार हुने बढी सम्भावना छ । उनका अनुसार मानिसमा सही तरिकाले मास्क प्रयोग गर्न नजान्दा पनि कोरोना बढेको हो र बजारमा किनमेल गर्दा अझ सुरक्षित हुनु जरुरी छ ।

हाल राजधानीका विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र उपचार गराउन आउनेमा समेत बढी कोरोना संक्रमण देखिएको औंल्याउँदै डा. पाण्डेले बजार किनमेल गर्दा नागरिकलाई थप स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरे । ‘अत्यावश्यक भए मात्र घरबाहिर मास्क लगाएर निस्किने, २ मिटरको दूरी कायम राख्ने जस्ता आधारभूत प्रक्रिया सबैका लागि बाध्यकारी बनाउनुपर्छ । बजार किनमेल गर्दा अझ बढी ध्यान दिनुुपर्छ,’ डा. पाण्डेको सुुझाव रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]