१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

सप्तरी – सरकारले कोरोना भाइरस पहिचान गर्नकाे लागि एन्टिजेन (एन्टिजेन बेस्ड टेस्ट) किटमार्फत परीक्षण गर्न अनुमति दिएकाे छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ ताेकिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयाे । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताउनुभयाे ।

‘धेरै भिडभाड हुने ठाउँमा र अर्जेन्ट रिपोर्ट चाहिएको खण्डमा पनि यो उपयोगी हुने देखिन्छ’, डा. गौतमले भन्नुभयाे, ‘धेरै मानिस बस्ने ब्यारेकलगायतका ठाउँ र अप्रेशन गर्नुपर्ने बिरामीको कोरोना परीक्षण गर्नुपरेमा यो १० मिनेटमा रिपोर्ट आउने भएकाले उपयुक्त हुनेछ ।’

यस्तै प्रवक्ता गाैतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो ।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]