१३ मंसिर २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ २५, २०७७

बैतडी : सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान आइतबार सकिने भएको छ।

शनिबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न गर्ने भनिएको भए पनि बाजुरामा आज पनि उक्त कार्यक्रम सञ्चालन हुने सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए। बाजुरामा एक दिन ढिला गरी माघ १५ देखि अभियान सुरु भएको थियो। प्रदेशका अन्य जिल्लामा भने माघ १४ देखि खोप अभियान सुरु भएको थियो। प्रदेशका अन्य आठ जिल्लामा भने पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको डा. अवस्थीले जानकराी दिए। प्रदेशभर १३ खोप केन्द्रमार्फत १४ हजार ८५५ जनालाई खोप दिइएको छ। जसमा कैलालीमा ४ हजार १८४, कञ्चनपुमा २ हजार ७९२, अछाममा १ हजार ४९५, बैतडीमा १ हजार ३९७,डोटीमा १ हजार १३७, बझाङमा १ हजार ९१,दार्चुलामा १ हजार ८२,डडेल्धुरामा १ हजार ६२ र बाजुरामा ६१५ जनालाई खोप दिइएको हो।अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी, महिला स्वस्थ्य स्वयंसेविका, एम्बुलेन्स र शव बाहन चालक, कैदीबन्दी र तिनको सुरक्षामा खटिएका सुरक्षकर्मीलाई खोप दिने कार्य सकिएको हो। पहिलो चरणमा खोप दिन सुदूरपश्चिमका लागि ३६ हजार खोप उपलब्ध भएकोमा प्रदेशभर १६ हजार २९३ जनाको सूची तयार गरिएको थियो।

दोस्रो चरणको खोप अभियानको तयारी
पहिलो चरणको पहिलो खोप अभियान अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको खोप अभियानको पनि तयारी थालिएको छ। दोस्रो चरणको खोप अभियानक लागि तथ्यांक संकलनको काम छिट्टै सञ्चालन हुने स्वास्थ्य निर्देशक डा. अवस्थीले बताए। उनले भने, ‘तथ्यांक संकलन गरेर चैतभित्रैबाट दोस्रो चरणको अभियान सुरु गर्छौं।दोस्रो चरणमा अग्रपंक्तिमा खटिने प्रहरी, सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, यातायातकर्मी, सार्वजनिक सवारी चालक, सहचालक, अत्यधिक भिडभाड हुने कार्यालयहरुजस्तै मालपोत, नापी, यातायात, विद्युत्, खानेपानी, बैंक र सञ्चार गृहमा कार्यरत कर्मचारीलाई खोप लगाउने तयारी रहेको हो।

दोस्रो चरणका लागि कति मात्रामा खोप पाउने भन्ने एकिन संघीय सरकारले अझै नगराएको भए पनि प्रदेशमा भने तयारी थालिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]