काठमाडौँ– नेपालका युवा फरवार्ड अभिषेक रिजाल इन्डियन (आई) लिग खेल्ने भएका छन् ।
उनले जारी सिजनको बाँकी खेल सन् २०१७ को विजेता टोली आइजवाल एफसीबाट खेल्ने भएका हुन् ।यसअघि आई लिग छनोट टोली मोहम्देन एफसीबाट खेलेका उनले अहिले क्लब परिवर्तन गरेका हुन् ।मोहम्मेदन आइ लिगमा छनोट भएपछि एएफसी खेलाडीको कोटामा बंगलादेशी कप्तान जमाल बुयानलाई अनुबन्ध गरेको थियो । जसले गर्दा अभिषेकले आइ लिग खेल्न पाएनन् ।अभिषेक अहिले फिफा विश्वकप २०२२ छनोट खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।अब बाँकी सिजनका खेल भने अभिषेकले सन् २०१७ को आइ लिग च्याम्पियन टोली आइजवालबाट खेल्ने भएका हुन् । अभिषेकको सम्झौता मार्च सम्मको छ । भारतीय लिगका लागि अभिषेक केही दिनमा भारत जानेछन् ।
अहिले नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङ राउण्डग्लास पञ्जावबाट खेलिरहेका छन् ।