खलनायक २’ को चर्चा लामो समयदेखि चलिरहेको छ, बलिउड बजारमा ।
लकडाउनका बेलादेखि यो चलचित्रलाई लिएर चर्चा भइरहेको छ, किन भने यो चलचित्र कुनै बेलाको हिट चलचित्रको सिक्वेल हुनेवाला छ ।लक डाउनकै बेलामा चलचित्रको स्क्रिप्टको काम भएको थियो । निर्माता तथा निर्देशक सुभाष घई तथा खलनायकका अभिनेता संजय दत्तले चलचित्रको दोस्रो भाग बनाउने विषयमा सल्लाह गरेका थिए ।उनीहरु दुबैले चलचित्रको एक मुख्य भुमिकाका लागि टाइगर स्राफलाई लिने सहमती भएको छ ।टाइगरले उक्त विषयमा अप्रत्यक्ष रुपमा सहमती जनाइसकेको भारतिय मिडियाको भनाई छ । चलचित्रमा खलनायकको रुपमा टाइगर देखिनेछन् ।
चलचित्रमा संजय दत्त, माधुरी दिक्षित लगायत पनि मुख्य भुमिकामा रहनेछन् । चलचित्रको छिट्टै घोषणा गर्ने चलचित्र निर्माण टिमको तयारी छ । सुभाष घईले जैकी श्राफ, माधुरी दीक्षित तथा संजय दत्तलाई लिएर १९९३ मा खलनायक बनाएका थिए । त्यसबेला यो चलचित्र बक्स अफिसमा सर्वाधिक कलेक्सन गर्न सफल चलचित्र बनेको थियो ।