१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन २८, २०७७

सप्तरीको राजविराज नगरपालिका वडा न.–१३ स्थित मुसर्नीयाँमा मंगलवार राती तस्कर पक्राउ गर्ने र जोगाउने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयवासी विच दोहोरो झडप भएको छ । साे झडपका क्रममा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको थियो ।

सो झडपमा प्रहरी हवल्दारसहित २ प्रहरी घाईते भएका छन् । मंगलवार राती करिव १० वजे राजविराज नगरपालिका वडा न. १३ को मुसर्नीयाँस्थित नहरमा भारतीय वजारवाट तस्करी गरी ल्याएको सामान वरामद गर्न गएको प्रहरी माथि आक्रमण भएको थियो ।जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी चौकी को. वरसाईनवाट असईको नेतृत्वमा खटिएको प्रहरी टोलीले राती करिव १० वजे घेरा हालेपछि तस्करहरुले स्थानीयसँग गुहार मागेका थिए ।

तस्करहरुलाई जोगाउन करिव ७०÷८० जना स्थानीय ब्यापारी र सर्वसाधारणले घरेलु हतियारसहित प्रहरीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र प्रसाद धमलाले वताउनुभयो ।स्थानीयवासीले घेरा हालेर लाठि र भालाले आक्रमण गरेपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फायर गरेको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीवाट थप प्रहरी प्रठाएर स्थितीलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनामा १ प्रहरी हवल्दार र १ प्रहरी जवानको टाउको फुटेको छ। उनीहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ। घाईते मध्ये १ जनाको टाउकोमा सात वटा टाँका लागेको र एकजनाको अबस्था सामान्य रहेको एसपी धमलाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]