सप्तरी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडनबीच टेलिफोन कुराकानी भएको छ ।
बाइडन राष्ट्रपति बनेपछि पहिलोपल्ट कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मोदीले ट्वीट गर्दै कुराकानीबारे दिएको जानकारी अनुसार कार्यकाल सफलताको शुभकामना समेत दिएका छन् ।
दुवैबीच क्षेत्रीय मुद्दा र साझा प्राथमिकताबारे छलफल भएको जनाइएको छ । भारत र अमेरिका जलवायु परिवर्तनमा सहयोग बढाउने र काम गर्ने, सामरिक साभेदारी बढाउने विषयमा सहमत भएका छन् ।
ह्वाइट हाउसबाट प्रेषित जानकारी अनुसार मोदी र बाइडनबीच द्विपक्षीय सम्बन्ध मजबुत बनाउने विषयमा कुराकानी भएको छ । भारत र अमेरिकाको सम्बन्धलाई नयाँ उचाइ दिन दुवै राष्ट्र प्रमुखबीच कुराकानी भएको अमेरिकास्थित भारतीय दूतावासले जनाएको छ ।
राष्ट्रपति बाइडनले २० जनवरीमा शपथ लिएर कार्यभार सम्हालेका छन् । बाइडनलाई मोदीले ट्विटरमार्फत यसअघि नै बधाई दिइसकेका थिए ।