१२ कार्तिक २०८१, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, आश्विन २९, २०७७

सप्तरी,२९असोज: कोरोनाका कारण यश वर्ष चाडपर्व नजिकिँदै गर्दा सधैंजसो किनमेल गर्नेको चहलपहल र भीडभाड लाग्ने मुख्य व्यापारिक क्षेत्र यतिबेला सुनसानजस्तै देखिन्छ ।

किनमेल गर्नेको चहपहल हुने उपत्यकाका व्यापारिक क्षेत्रमा सामान खरिद गर्ने ग्राहक जान डराउने गरेका छन् भने उपभोक्ताको क्रयशक्ति पनि घटेको छ । दसैं अघि लत्ताकपडा तथा खाद्यान्नसहित सवारीसाधन र मोबाइल लगायतका इलेक्ट्रोनिक्स सामग्री किनमेल गर्ने प्रचलन गरे पनि यस वर्ष बजार सुनसान देखिन्छ । अघिल्ला वर्ष बजार पसलमा ग्राहकको बढी नै भीडभाड लाग्ने गरेको थियो । तर यसपटक बजार खुला भएपनि कोरोना भाइरसको प्रभावले ग्राहक नै नआउँदा व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ ।

प्रत्येक वर्ष चाडपर्व नजिकिँदै गर्दा सडकपेटीदेखि ठूला डिर्पाटमेन्टल स्टोरमा सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्ने गरेको थियो । तर यो वर्ष कोरोना भाइरसले गर्दा आम्दानी नहुँदा सामान किनमेल गर्ने ग्राहक नै नभएको व्यवसायीको भनाइ छ । राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोरोना भाइसले व्यापारमा ठूलो असर परेको बताए । होलसेल पसलमा सामान्य व्यापार भएपनि खुद्रा पसलमा कारोबार शून्य अवस्थामा रहेको उनले जानकारी दिए ।

“चाडपर्वको बेला वर्षभरीको व्यापार हुने सिजन हो,” उनले भने, “यो वर्ष कोराना भाइरसले गर्दा व्यापार नहुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको छ ।” लकडाउन, निषेधाज्ञाले लामो समय सम्म बन्द भएका पसल बजार खुला भए पनि व्यापार हुन नसकेको उनको भनाइ छ । लामो समयदेखि व्यापार नहुँदा सवैभन्दा धेरै असर मध्ययम र साना व्यवसायीलाई परेको उनको भनाई छ । चाडपर्वमा व्यापारिक हाउसले सामान विकाउन विभिन्न अफर योजना ल्याउने गरेकोमा यो वर्ष भने त्यस्ता विशेष अफरसमेत देखिँदैनन् ।

उपत्यकाका मुख्य व्यापारिक क्षेत्र न्युरोड, असन, इन्द्रचोक, सिभिल मल, वर्ल्डट्रेड सेन्टर, भाटभटेनी, भृकुटीमण्डप, बानेश्वर, कोटेश्वर, लगनखेल लगायतका अन्य व्यापारिक क्षेत्रमा कारोबार बढ्न सकेको छैन । होलसेल बजारमा ५० प्रतिशत व्यापार भए पनि खुद्रा पसलमा व्यापार कारोबार हुन नसकेको व्यवसायीको भनाइ छ । अहिले लत्ताकपडा, जुत्ताचप्पल, अतिआवश्यकका वस्तुमा सामानमात्र बिक्री हुने गरेका छन् । गत वर्ष न्युरोडका पसल लगायत सडकमा दसैंका लागि सपिङ गर्ने मानिसको भीडसँगै धेरै हुने गर्थ्यो तर अहिले सुनसान छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]